२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

गुल्मीमा बर्षाले घर भत्किदा एक जना घाइते



बिष्णु कुमार आले, अर्घाखाँची ।
अबिरल बर्षाका कारण घर भत्किँदा गुल्मीको ईस्मा गाउँपालिका ५ रजस्थल मैदानमा एक जना घाइते भएका छन्।

दुई दिनदेखिको अविरल बर्षाले स्थानीय राजेश परियारको निर्माणाधिन घर भत्किएर पुरिदा उनको श्रीमती २९ वर्षीया जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घर भित्र पुरिएर गम्भीर घाईते भएकी परियारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ३ : २७ बजे