कपिलवस्तु । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा आइसिटी तथा एआईसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम वाणगंगामा सम्पन्न भएको छ। स्टोम फाउन्डेसनको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन शिक्षा सबलीकरण कार्यक्रम (विलिफ) अन्तर्गत संजालका युवाहरूको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा आइसिटी विज्ञ राम सुभागे थारुले आइसिटी तथा एआईको उपयोग, यसको फाइदा र सम्भावनाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ७, ८ र ९ का सहज सञ्जालका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरूलाई नयाँ ज्ञान, सीप तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कार्यक्रम निर्देशक प्रकाश घिमिरे, कार्यक्रम प्रबन्धक आरटी खानलगायतले समयअनुकूल युवाहरूको क्षमता विकास तथा सिकाइलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो। साे अवसरमा संस्थाका सदस्य हरि अधिकारीले चिन भ्रमणकाे क्रममा एआई सम्बन्धी सिकेका ज्ञान र अनुभव शेयर गर्नुभएकाे थियाे ।

कार्यक्रमका अवसरमा आइसिटी विज्ञ थारुले युवाहरूको बौद्धिक ज्ञान विकासका लागि प्रश्नोत्तर खेलसमेत सञ्चालन गर्नुभएको थियो। प्रश्नोत्तर खेलका तीन विधामा उत्कृष्ट सहभागीलाई व्यक्तिगत रूपमा पुरस्कार प्रदान गर्नुभएकाे थियाे। उहाँले सहभागीहरूलाई पेनड्राइभ, तातो–चिसो राख्न मिल्ने विद्युतीय बोतल, क्यापलगायतका पुरस्कारसमेत वितरण गर्नुभएको थियो।







प्रतिक्रिया