१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा कोरोना पुष्टि



एजेन्सी ।

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले जनाएको छ ।

यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ ।

अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक सय ५५ करोड जनसङ्ख्यालाई खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  २ : ०९ बजे