९० वर्षीय बृद्धालाई बलात्कार गर्ने युवकमाथि मुद्धा



एजेन्सी ।
इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीय वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् । लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले बृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए । एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु बृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् । लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् । (एजेन्सी

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस