१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्ने आयोगको निष्कर्ष



काठमाण्डौ ।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् ।


निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । यस्तै राष्ट्रियसभा चुनावको तयारी पनि अन्तिम अन्तिममा रहेको छ । स्थानीय तहको चुनावका लागि ठोस रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता आयोगले शुक्रबारको सर्वदलीय बैठकमा औंल्याएको हो ।


आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ ।
काँग्रेस नेता रमेशह लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको बताउँदै त्यसका लागि केही कानुन भने संशोधन गर्नुपर्ने बताए । संसदमा जारी अवरोधका कारण त्यसमा ढिलाई भएको उनको धारणा थियो । एमालेले ससद अवरोध हटाइदिए चुनावको बारेमा निर्णय गर्न सहज हुने उनले बताए ।

प्रतिपक्षी दल एमालेका नेता विष्णु रिमालले भने अहिलेको मौजुदा कानुनले चुनाव गर्न कुनै समस्या नहुने भएकाले वर्तमान कानुनकै आधारमा चुनाव गर्न सुझाव दिए । उनले एमालेले वैशाखमै चुनाव होस् भनि चाहेको पनि बताए । त्यसका लागि सरकारले तत्कालै निर्णय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  ४ : ०१ बजे