८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक



काठमाण्डौ ।

केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको र फेब्रुअरी १४ अर्थात पर्सि सोमवारका लागि तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि उडान तय भएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभएको छ । उहाँले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था गर्ने जानकारी दिनुभयो।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकोमा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो । रासस

प्रकाशित मिति : २९ माघ २०७८ शनिबार ००:००  ८ : १२ बजे