२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

बैठकमा संसदको गतिरोध अन्त्य तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल हुने छ। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई सभामुखले छलफलमा बोलाएका हुन्।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बैठकमा सहभागी हुने–नहुने टुंगो छैन। आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै एमाले सभामुखप्रति रुष्ट छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८ सोमबार ००:००  ८ : २२ बजे