९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ सय ३८ जना निको



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८८ हजार पाँच सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  ५ : ४२ बजे