७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड



एजेन्सी ।

साउदी अरेबियाले यसअघि दिएका मृत्युदण्डको विरोधमा विभिन्न स्थानमा प्रदर्शन हुने गरेका थिए । तीन वर्ष पहिले अमेरिकाको न्यूयोर्कमा प्रदर्शन भएको थियो । तस्बिर स् गेट्टी इमेज
साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो।

गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन्। उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ।

मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट ९आइएस०, अल–कायदा र हुथी विद्रोहीसँग जोडिएको आरोप पनि थियो। मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन्।

तर साउदी सरकारले भने सो आरोप अस्वीकार गर्दै आएको छ। १३ न्यायाधीशको बेन्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  ८ : २३ बजे