७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक



काठमाडौं ।

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा। नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठक सकिएपछि आज नेपाल र साउदीबीच​ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ८ : १५ बजे