९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

श्रममन्त्री श्रेष्ठ आबुधावीमाः आज नेपाल-युएई संयुक्त समितिको बैठक बस्दै



काठमाडौं ।

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।

वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि बैठकमा छलफल हुनेछ ।

साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । आजै मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ८ : २७ बजे