९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

हेलिकप्टरबाट सुत्केरीको उद्धार



कालीकोट ।
कालीकोट पलाँता गाउँपालिका ५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो ।

खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार गर्न पत्राचार गरेको थियो । कर्णाली प्रदेशमा हवाई उद्धार सेवा प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८ शुक्रबार ००:००  ८ : १२ बजे