१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर, नेपाल दशौँ नम्बरमा



काठमाण्डौ ।

काठमाण्डौ विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टको सूचीमा काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर बनेको छ ।

त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा छ । एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्याङ्कमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । कम्तीमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८ बुधबार ००:००  १ : १८ बजे