१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या, बेलुका ५ बजेदेखि सेवा बन्द हुने



काठमाण्डौ ।

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना संशोधन गरेको छ ।

विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।

यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो । यसले सेवा अवरूद्ध कहिले सुचारू हुन्छ भन्ने अनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभागको आलोचना भएको थियो ।
तर, विभागले संशोधित सूचनामा सबै सेवा अनिश्चितकालका लागि बन्द हुने सूचना सत्य नभएको बताएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८ बुधबार ००:००  ३ : ३७ बजे