८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

हवाईजहाजको सुरक्षाको लागि भैरहवा बिमानस्थलमा सचेतना कार्यक्रम



भैरहवा ।

जेठ २ गते देखी अन्र्तराष्ट्रिय उडान सुरु हुन गई रहेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा मंगलबार सरसफाई सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । “बिमानस्थलमा आउने विमानहरुको सुरक्षाको लागी रनवे, ट्याक्सी–वे, एप्रोन लगायतको क्षेत्र सफा हुनु पर्छ ।” बिमानस्थलका प्रवक्ता श्याम किशोर साहले भने “ यसमा सरसफाईकर्मि मात्र नभई यो सबैको जिम्मेवारी हो भन्ने सन्देश दिन आजको कार्यक्रमको आयोजना गरेका हौ ।”

एफओडी ९फरेन अब्जेक्टस डेब्रिस सरसफाई अन्तर्गत रनवे, ट्याक्सी–वे, एप्रोन लगायतको क्षेत्रमा रहेको गिट्टी, ढुङ्गा, नट, प्लािष्टक लगायतका सामाग्री हटाईएको साहले बताए । यिनीहरु जहाजको चक्कामा, सतहमा तथा शिशाहरुमा नोक्सान गर्न सक्छ, यस्तै ईन्जिनमा समेत पुगेर यी बस्तुहरुले नोक्सान गर्न सक्ने भएकोले बिशषे गरि एप्रोन एरिया एफओडी मुक्त हुनु पर्ने साहले बताए ।

एफओडी सचेतनामा बिमानस्थलका सफाई कर्मचारीका साथै बिमानस्थलका अन्य कर्मचारी, अध्यागमन, भन्सार, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका कर्मचारी, बिभिन्न एयरलाईन्सका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ३ : १७ बजे