८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चुनावका लागि मंगलबार मात्र ६० हजारले उपत्यका छाडे



काठमाडौं ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरूको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरूमा घर फर्किने नागरिकहरूको भीड लागेको हो। मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरूमा घर फर्किनेहरूको भीड देख्न सकिन्छ। काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरू बढेसँगै काठमाडौंको सडकमा सवारीको चाप कम भएको छ। विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन्। काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ। ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन्। गाउँ फर्किनेहरूको संख्या बढिरहेका कारण सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०७९ बुधबार ००:००  १० : ४५ बजे