२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

धर्मेन्द्र बास्तोलालाई प्रहरीले सात घन्टापछि छोड्यो



काठमाडौं ।

नवगठत नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सात घन्टापछि छोडेको छ।

बास्तोलालाई बिहीबार बिहान ४ बजेदेखि दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको थियो।

उनीसँगको छलफल र उनको पार्टीले विज्ञप्ति निकालेपछि बास्तोलालाई केहीबेरअघि छोडिएको दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

‘उहाँले चुनाव बिथोल्ने कुनै योजना नभएको बताउनुभयो। उहाँको पार्टीले पनि चुनाव बहिष्कार नगर्ने विज्ञप्ति निकालेपछि छोडेका हौं,’ रिजालले भने।

यसअघि उक्त पार्टीका नेता सुदर्शनले विज्ञप्ति जारी गर्दै स्थानीय चुनावको सशस्त्र बहिष्कार गर्ने नीति नभएकाले बास्तोलालाई रिहा गर्न माग गरेका थिए।

विज्ञप्तिअनुसार बास्तोला पोखराको प्रशिक्षण सकेर बाँकेतिर जाँदै थिए।

प्रकाशित मिति : २९ बैशाख २०७९ बिहिबार ००:००  १२ : ११ बजे