२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

कपिलवस्तुमा ३५ वर्षीय महिला बलात्कृत



कपिलवस्तु ।

कपिलवस्तुको महाराजगञ्जमा एक अपाङ्ग महिला बलत्कृत भएकी छन्। महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ छोटकी बुटहनियामा अपाङ्ग महिलाको बलात्कार भएको प्रहरीले जनाएको हो । यहि जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय युवा ग्रिस चौधरी अग्गु ले उखु बारीको खेतमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

३५ वर्षीय पीडित महिला शारीरिक रुपमा कमजोर तथा बोल्न पनि नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ। सथै पीडित महिलाका ३ जना छोराछोरी समेत रहेका छन् ।

पीडितको मेडिकल परीक्षण गराई दोषीको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९ शनिबार ००:००  २ : ३३ बजे