२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

५ दिने पत्रकारिता तालिम सकियो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा संचालित ५ दिने आधारभूत पत्रकारिता तालिम सकिएको छ । मायादेवी मिडिया ग्रुपद्धारा संचालित आधारभूत पत्रकारिता तालिमको मंगलबार लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समापन गर्नुभएको हो ।

तालिमको समापन गर्दै प्रमुख अतिथी सांसद पन्थीले तालिममा सिकेको कुरालाई निरन्तर अभ्यास संगै ब्यवहारमा कार्यान्वयन गर्न सकेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो ।

अहिलेको समय विज्ञान र प्रविधी संगै प्रतिस्प्रर्धाको समय भएकाले आफ्ना कुरा प्रष्ट संग राख्न सक्नुपर्ने बताउनुभयो । असफलता नै सफलताको प्रतिक भएकाले एक पटक असफल हुदैमा हार मान्न नहुने बताउनुभयो । तालिममा उपस्थित महिलाहरुको सक्रियताले आफु प्रभावित भएको भन्दै महिलाहरुको नेतृत्व विकासका लागि आगामी दिनमा पनि प्रदेश सरकारले यस्ता कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष मायादेवी मिडिया ग्रपका अध्यक्ष हरि अधिकारीले सक्रिय रुपमा सहभागी भएर तालिम लिने सम्पूर्ण प्रशिक्षार्थीलाई धन्यवाद दिनुभयो । साथै ५ दिने तालिममा सिकेका कुरालाई ब्यवहारमा कार्यन्वयन गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीले ५ दिने तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्यायको बताएका थिए । उनीहरुले अब तालिम लिए पश्चात त्यसलाई निरन्तरता दिन निरन्तर अभ्यास गर्ने बताएका छन् ।

५ दिन सम्म चलेको तालिममा प्रशिक्षक चन्द्रकान्त न्यौपाने, सन्जु पौडेल, दीपा महत लगायतले आधारभूत पत्रकारिता, नेतृत्व विकास लगायतबारे प्रशिक्षण दिनुभएको थियो ।

४ नम्बरको होटल माछापुछ्रेमा सम्पन्न तालिम मायादेवी मिडिया ग्रुपको आयोजना कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा भएको हो ।

प्रकाशित मिति : १ असार २०७९ बुधबार ००:००  ६ : ०१ बजे