मायादेवी अनलाइन, बाणगंगा ।
अविरल बर्षासंगै आएको बाढीले बगाएर वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले एक दम्पत्तीलाई बगाएको थियो ।
बाणगंगा– ७ निवासी २६ बर्षीय राममाया सुनारको शव बगेको ठाउँभन्दा एक किलोमिटर अगाडी भेटिएको त्यहाँबाट हाम्रा संवाददाता बाबुराम रायमाझीले जानकारी दिए ।
हाल नदीमा हराएका दिल बहादुर सुनारको खोजकार्य जारी छ ।
दिल बहादुर र राममाया श्रीमान, श्रीमती हुन् ।
कोइली नदी तर्ने क्रममा बुवाआमालाई नदीले बगाए पनि १२ बर्षीय छोरा निरज सुनार भने बाँच्न सफल भएका छन् ।
निरजलाई बाढीले नदी किनारमा उछुट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गर्न सफल भएका हुन् ।
एका बिहानै घरबाट जंगलमा निहुरो टिप्न गएका र फर्केर आउँदा नदीले उनीहरुलाई बगाएको हो ।
अहिले इलाका प्रहरी कार्यालय पिपरा, शसस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय बाणगंगाको एक विशेष टोलीले नदीमा हराएका बीर बहादुरलाई खोजी कार्य जारी राखेको छ ।
प्रतिक्रिया