३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

कपिलवस्तुका खनाल भए माओवादी केन्द्रको केन्द्रीय सचिव



मायादेवी अनलाइन, बाणगंगा ।
चक्रपाणी खनाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिव बनेका छन् ।

कपिलवस्तु घर भएका खनाल केन्द्रीय सचिव बनेका हुन् । जिल्लाको प्रतिनिधिसभा १ का सांसद समेत रहेका खनाल पूर्व कृषि मन्त्री समेत भएका थिए ।

माओवादीको स्थायी कमिटी सदस्य रहरे काम गर्दै आएका खनाललाई पार्टीले केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो ।

१४ बर्षको उमेरमा २०३४ सालमा राजतन्त्र विरोधी पर्चा अभियानमा लागेर राजनितिमा छिरेका खनालले चर्चित राजतन्त्र विरुद्धको २०३६ सालको विद्यार्थी आन्दोलनको अगुवाई गरेका थिए । २०३८ सालमा (चौथो महाधिवेशन) को सदस्यता लिएका खनालले २०४३ सालमा पूर्णकालिन कार्यकर्ता भई बामपन्थी आन्दोलनको अगुवाई गरेका थिए ।

२०४५ सालमा कपिलवस्तुका ३२ बढी विकासे मुद्धा उठाउन कपिलवस्तु विकास परिषद गठन गरी आन्दोलन गरेका खनाल ६ महिना जेल बसेका थिए ।

२०५० सालमा नेकपा एकता केन्द्रको जिल्ला सेक्रेटरी बनेका खनाल २०५२ सालमा नेकपा (माओवादी) को नामबाट सुरु भएको जनयुद्धका विभिन्न मोर्चाहरु सम्हाल्दै २०६१ सालको चुनवाङ बैठकबाट माओवादी सेनाको डेपुटी कमाण्डर बनेका थिए ।

१२ बुंदे विस्तृत शान्ति सम्झौता पश्चात सम्झौताको महत्वपूर्ण पाटो मानिने सेना समायोजनमा अनमिनसंग मिलेर विशेष भूमिका निर्वाह गरेका खनाल त्यस यता राष्ट्रिय राजनितिको केन्द्रमा रही काम गर्दै आएका छन् ।

बलदेवले पंचायतकालमा ५ पटक र जनयुद्ध यता २ पटक पक्राउ गरी २ बर्षसम्म जेलजीवन बिताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  ७ : ५० बजे