१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतको मुम्बईमा वायु प्रदूषणको अवस्था बढ्दो



काठमाण्डौ ।

भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईमा पनि वायु प्रदूषणको अवस्था निकै खराब तहमा पुगेको छ । सामान्यतया जाडो मौसम सुरु हुनासाथ सङ्घीय राजधानी दिल्लीको वायु प्रदूषण चर्चाको विषय बन्ने गरेको भए पनि यो हप्ता धेरै पटक दिल्लीको भन्दा खराब अवस्था मुम्बईमा देखिएको बीबीसीले जनाएको छ । 

समुद्री तटीय रेखाका कारण हावाको गुणस्तर राम्रो रहँदै आएको मुम्बईमा यस पटक हावाको गुणस्तर खराब भएसँगै भारतको खराब हावा हुने सहरको सूचीमा परेको छ । बढ्दो निर्माण कार्य, प्रतिकूल मौसम अवस्था र गाडीले फ्याँक्ने धुवाँका कारण मुम्बईको हावाको गुणस्तर कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन् । 

हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सयभन्दा माथि जानुलाई अस्वस्थ मानिन्छ । मुम्बईमा यो हप्ता एक्यूआई तीन सयभन्दा माथि पुगेको छ । भारतका दिल्ली, कोलकत्ता, कानपुर, पटनालगायतका सहरमा जाडो याम सुरु भएदेखि नै हावाको गुणस्तर मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगिसकेको छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९ शुक्रबार ००:००  ३ : ०५ बजे