१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काभ्रेमा बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, २२ जना घाइते



काभ्रे ।

काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा मंगलबार बेलुकी भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। मृतकमा ९ जना महिला र ८ जना पुरुष रहे पनि परिचय भने खुल्न बाँकी रहेको काभ्रेका प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

बनेपा नगरपालिकाबाट ब्रतबन्धका लागि बेथानचोक( ५ च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका २२ जनाको शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा खोज तथा उद्धारको काम चलिरहेको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  ६ : ०५ बजे