१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ



कपिलवस्तु ।

दुई बर्ष ६ महिना २३ दिनको लामो समय पछि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभरम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले बैज्ञानिक व्यवस्थापनको व्यानर पढेर शुभारम्भ गर्नु भएको हो । जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अबधारणालाई सफल अवधारणाको रुपमा लिईएको उहाँले बताउनु भयो । यसै अवधारणाको आधारमा रहेर नियम कानुनहरुको पालना गर्दै बन संवद्र्धन प्रणालीमा आधारित बन व्यवस्थापन गर्ने सबैको दायित्व भएको बताउनु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बन व्यवस्थापनको शुभारम्भलाई शुभकामना दिंदै बनलाई प्रयोग मात्र नभई उपयोग गर्नुपर्नेमा जोड दिनु भयो । अहिलेका पुस्ताको बन पैदावारको माग र सेवालाई परिपुर्ति गर्दै भावि पुस्तालाई पनि आपुर्तिमा असर नपर्ने गरी वन व्यवस्थापन गर्ने बिषयमा स्पष्ट पार्नुभयो । कार्यक्रममा डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले वन सम्वद्र्धन प्रणालीको बारेमा जानकारी दिंदै यस बनमा कार्ययोजना बमोजिम यस वर्ष पुनरुत्पादन कटान, थिनिङ् र पुनरुत्पादन तयारी कटान लगाएत वन सम्वद्र्धनका कार्यहरुहुने बिषयमा जानकारी दिनु भयो ।

यस्तै बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले बैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम २०६७÷०६८ मा कपिलवस्तु जिल्लाबाट शुरुवात भएको र ०७७ जेठ १५ गते उपभोक्ताहरुको अधिकार कटौती हुनेगरी राज्यले एक्कासी रोक लगाएको हुँदा उपभोक्ताहरुको हक अधिकारको लागि बैज्ञानिक बनको माग गर्दै आन्दोलन कपिलवस्तुबाट शुरुवात गरिएको बताउनु भयो ।

यस्तै उहाँले बिगत अढाई वर्षबाट बन व्यवस्थापनका कामहरु थप्प भएको कार्यक्रमलाई पुन यसै जिल्लाबाट नै शुभारम्भ गर्न पाउँदा यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई बैज्ञानिक वन महासंघको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद सहित आभार प्रकटगर्दै आगामी दिनहरुमा पनि पूर्ण रुपमा सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा सहित उपभोक्ताको हक अधिकार सुनिश्चित भएको पाउँदा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रम वैजलपुर सामुदायिक बन उपभोक्ता समूहको आयोजना तथा लुम्बिनी प्रदेश सरकार बन तथा वातावरण मन्त्रालय , डिभिजन वन कार्यालय कपिलवस्तुको समन्वयमा सम्पन्न कार्यक्रममा बन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेको अध्यक्षतामा प्रदेश सचिवहरु , महाशाखा प्रमुख नारायण देव भट्टराई ,डिभिजनल वन अधिकृतहरु , बैज्ञानिक वन उपभोक्ता महासंघ , साझेदारी वन महासंघ , डिभिजन बन कार्यालयका कर्मचारीहरु र बिभिन्न सरोकारवालाहरु लगाएतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रको संचालन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खिल प्रसाद तामाङ्को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  १२ : २८ बजे