१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रचण्डको भारत भ्रमणः यी हुन् नेपाल र भारतबीच भएका ७ मुख्य सम्झौता



काठमाडौं ।
नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

बिहीवार हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरियो ।

यसक्रममा नेपाल र भातबीचको पुरानो पारवहन सम्झौता नवीकरण भएको छ ।

साथै बाराको अमलेखगञ्जदेखि चितवन र भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता पनि भएको छ ।

तल्लो अरुण र कर्णाली फुकोट विद्युत आयोजना भारतीय कम्पनीलाई निर्माण गर्न दिने तथा सीमापार भुक्तानीको व्यवस्था गर्ने सम्झौता पनि भएको छ ।

हेर्नुहोस्, नेपाल-भारतबीच भएका ७ सम्झौता

१. नवीकरण गरिएको पारवहन सम्झौता

२. सीमापार पेट्रोलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) एवं टर्मिनल निर्माण सम्झौता

३. नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सम्झौता ।

५. तल्लो अरुण निर्माण सम्झौता ९६६९ मेगावाटको आयोजनामा २१ प्रतिशत बिजुली नेपालले पाउनेगरी०

६. कर्णाली फुकोट हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण सम्झौता

७. सीमापार भुक्तानी सम्झौता (नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच)

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ४ : २८ बजे