१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024

सगरहवाको मूर्तिकला पर्यटन क्षेत्रमा कोशेढुङ्गा, स्थानीय उत्साहित



कपिलवस्तु ।

प्राचिन शाक्य गणराजयको एक महत्वपूर्ण पुरातात्विक स्थल सगरहवामा पौष २३ वाट जारी कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाको मुर्ति बनाउने क्रम अन्तिम चरणमा पुग्न लागेको छ । लुम्विनी विकास कोषको बिशेष योजना प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य एवम अन्य संघ सस्थाको हातेमालोमा यस प्रकारको राष्ट्रिय मूर्तिकला कार्यशाला भएकोमा स्थानीयहरु निकै उत्साहित छन् । उनीहरुले हरेक दिन विभिन्न रचनात्मक कृयाकलापहरु राख्दै आएका छन् ।
बौद्धकालिन कथा र किंवदन्ती सुनाउने, सास्कृतकि कार्यक्रम प्रस्तुत गर्ने, गित गजल प्रतियोगिता आयोजना गर्ने, विभिन्न छलफल तथा अन्तरकृया गर्ने जस्ता काम त्यहाका विभिन्न संघसस्था र निकायले गर्दै आएका छन् । यो कार्यशालावाट तयार भएका मूर्तिहरु सहितको मनोरम पार्क बन्दा कपिलवस्तुको पर्यटन क्षेत्रमा कोसेढुंगा सवित हुने आकलन गरिएकोछ ।

यसवाट कार्यशला स्थालमा मनोरञ्जन एवम उत्साह बढाउने काम भएको छ । यो कार्यशालामा जगदिशपुर सगरहवा क्षेत्रका नागरिक, जनप्रतिनिधि, स्थानीय संस्था र सामुदायिक संगठनहरू क्रियाशील भएर सक्रियता देखाएका छन् । यहि माघ ८ मा समापन हुनेगरी १५ दिन सम्म संचालन हुने मूर्तिकला कार्यशालावाट १५ देखी २० वटा मुर्ति कुदिने छन् । सगरहवा (लम्बुसागर) को आसपासमा रहेको कनकमुनि माविको दक्षिण तर्फको खाली भूँभागमा पत्थरवाट बौद्धकालिन कला र सभ्यता झल्काउने मूर्तिहरु तयार हुदैछन् । लुम्बिनी विश्व सम्पदा सुचीमा सुचीकृत भएको २५औं वर्षको उपलक्ष्यमा कपिलवस्तु स्थित ऐतिहासिक, पर्यटकीय तथा पुरातात्विक स्थल सगरहवामा शान्ति र समतालाई केन्द्रमा राखेर आयोजित कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८०को बिशेष कार्यक्रम शुभारम्भ भएको हो ।

कार्यशाला शुभारम्भमा आएर फर्कनु भएका पूर्वउपकुलपति संस्कृतवीद, ईतिहासवीद डा. जगमान गुरूंङले सग्रहवाको संरक्षण र प्रबद्र्धनमा लुम्विनी विकास कोषले पछिल्ला बर्षमा विशेष चासो दिएर काम गरेको देख्न र सुन्न पाउदा खुशी लागेको वताउनुभयो । कपिलवस्तुस्थित प्राचीन, पुरातात्विक र ऐतिहासिक स्थल सगरहवामा अहिले १५ जना मूर्तिकारहरू विशाल आकारका पत्थरमा सगरहवाको इतिहास उतार्न लागिपरेका छन्।लुम्बिनी विकास कोष, ललितकला प्रज्ञा प्रतिष्ठान, लुम्बिनी प्रदेशको पर्यटन डिभिजन कार्यालय, कपिलवस्तु नगरपालिका, आरम्भ कलाकार समूह , प्राचिन कपिलवस्तु बहुसरोकार मञ्च लगायतको सहकार्यमा सग्रहवा लम्वुसागरमा गत पुस २३ गते देखि १५ दिवसीय राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको हो।
कपिलवस्तुको राजमार्ग क्षेत्र बनगाईवाट ७ किमी दक्षिण, जिल्ला सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर उत्तर जगदीशपुर तालको पश्चिम–दक्षिणमा छ ।

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल सगरहवा(लम्बुसागर) स्थानीय बोलीमा सग्रहवालाई लम्बुसागर भनिने गरिएको हो । यो स्थान शाक्यहरूको सामूहिक बध गरिएको स्थलका रूपमा चिनिन्छ।कौशल नरेश विरूढकले सगरहवामा शाक्यहरूको नरसंहार गरेको मानिन्छ। ७७ हजार शाक्यहरूको महाविनाश भएको थियो भन्ने दाबी गरिएका बौद्ध साहित्यमा उपलब्ध छन्।शाक्यमुनि बुुद्धको जीवनको उत्तराद्र्धतिर कोशल राज्यका राजा विरुढकले प्रतिशोधवश प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ । स्थानीयले लुुम्बुुसागरको नामकरण गरेको यहाँ प्राचीन स्तुुपा, विहार, इँटा लगायत संरचना भेटिएका छन् । लम्वुसागर (विशाल पोखरी )को पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार गरेको सम्झनामा सयौँ स्तुुपाहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूूलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको संख्यामा साना स्तूप र मुख्य स्तूपभित्र हड्डबाबाी, सुनचाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री भेटिएको थियो ।

यो स्थान विश्ववन्यजन्तु संरक्षण कोषले संरक्षित क्षेत्रमा राखेको जगदिशपुर तालबाट करिब डेढ किमी दूरीमा छ । यहाँबाट ५०० मिटर वरिपरि विश्वकै अग्लो बुद्ध मूर्तिस्थल बनाउने गरी एउटा परियोजनाले पनि काम गरिरहेको छ । यहीँ नजिक बाणगंगा किनारकै जंगलमा त्रिपिटक पार्क बनाउने अर्को परियोजना पनि चर्चामा छ । यो मूर्तिकलाका परिकल्पनाकार लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई भन्नुहुन्छ, विकास र परिवर्तन सरकारको एक्लो प्रयासले मात्र हुने होइन ।
समान उद्देश्य बोकेकाहरू, स्वार्थ वा लाभ लिने र मिल्ने समूहहरू एक लयमा काम गरेर मात्र विकास सम्भव हुन्छ । अहिले सग्रहवामा त्यही भएको हो । यसका लागि लुम्बिनी विकास कोष, पुरातत्व विभाग, कपिलवस्तु नगरपालिका, पर्यटन पूर्वाधार कार्यालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद्, पर्यटन व्यवसायीको संस्था नाटा, टुरगाइड उत्पादन गर्ने संस्था नाथम, नेपाल पर्यटन बोर्ड लगायत स्थानीय संघ–संस्था एक ठाउँमा आएर काम गर्नुपर्छ भनेर सके सम्म सबैलाई जोडेर यो मूर्तिकला कार्यशाला आयोजना भएको भट्टराईको भनाइ छ ।

पुरातत्व विभागले पुरातात्विक क्षेत्र भन्ने केहि पनि नगर्ने र गर्न नदिने परिपाटीमा यतिबेला सग्रहवामा स्थानीय आफै जुरमुराएका छन् । जसले यहाँको पर्यटन प्रबद्र्धन गर्न खोज्छ त्यसलाई मरिमेटेर साथ दिने अवरोध गर्न खोज्नेलाई चुनौती दिन यहाँका वासिन्दा तयार छन् भन्नुहुन्छ स्थानीय समाजसेवी विजय खनाल । सग्रहवामा मूर्तिकला कार्यशाला सकिएपछि यहा पार्क वनाएर पर्यटन प्रबद्र्धन गर्न नगरले सघाउने मेयर सुदिप पौडेलको प्रतिवद्धता छ । स्थानीय वडाध्यक्ष दिपक गुरुंग भन्नुहुन्छ । जहाँ मूर्ति बनाइदैछ यहाँ कुनै पुरातात्विक अवशेष छैन ।

प्रकाशित मिति : ५ माघ २०८० शुक्रबार ००:००  १० : ४४ बजे