३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

राष्ट्रपतिले जारी गरे थप तीनवटा अध्यादेश



काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्।

आज (शनिबार) राष्ट्रपति पौडेलले सार्वजनिक पदाधिकारीको नियुक्ति तथा पदमुक्ति गर्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।

यसैगरी स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि जारी भएको छ।

योसहित सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका छन्।

19-1777718706.jpg

प्रकाशित मिति : १९ बैशाख २०८३ शनिबार ००:००  ७ : ३६ बजे