६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ



काठमाडौं ।

काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ।

सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो। मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अहिलेसम्म ५१ जनालाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ।

त्यस्तै रास्वपाले अहिले भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको हो। प्रहरीले विभिन्न ठाउँमा ब्यारिकेड राखेर सुरक्षा कडा पारेको छ। प्रहरीले सर्वसाधरणलाई समेत जाँच गरिरहेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८१ मंगलबार ००:००  ३ : २२ बजे