काठमाण्डौ ।
बाँकेमा दुईवटा कार ठोक्किदा एक जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।
राप्तीसोनारी गाउँपालिका–१ सौरीमा दुईवटा कार ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुरबाट काठमाण्डाैतर्फ गुडिरहेको बागमती प्रदेश ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ गुडिरहेको बागमती प्रदेश ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किदा ३६१८ नम्बरको कारमा सवार कैलाली धनगढी उपमहानगरपालिका–५ घर भई काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको ज्यान गएको हो ।
दुबै कारमा रहेका ३–३ जना घाइते भएका छन् ।











प्रतिक्रिया