एजेन्सी ।
तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।
उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । अफगानिस्तानका प्रमुख सहर नियन्त्रणमा लिँदै हिँडिरहेको तालिबान अहिले राजधानी काबुल प्रवेश गर्न थालेको हो ।
तालिबान विद्रोही समूह राजधानी काबुल प्रवेश गर्न थालेको समाचारहरू आइरहँदा भने अफगान राष्ट्रपतिको आधिकारिक ट्विटर एकाउन्टमा भने त्यहाँका बासिन्दाहरूलाई नआत्तिन आश्वासन दिइएको छ ।
‘काबुलमा छिटपुट गोली प्रहार भएको छ, काबुलमा अहिलेसम्म आक्रमण भइसकेको छैन । सहरको सुरक्षा सुनिश्चित गर्नका लागि देशको सुरक्षा बल अन्तर्राष्ट्रिय सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ’, पाश्तोको एक पोस्टमा भनिएको छ ।







प्रतिक्रिया