८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

तालिबानद्धारा अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा



एजेन्सी ।
तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्।

तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ। राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन्।

तालिवानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिवानको धम्कीपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेह देश छाढेका थिए। अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गरेको तालिवान हिजो काबुल छिरेको हो।

तालिवान काबुल छिरेलत्तै अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन्। केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८ सोमबार ००:००  ७ : ५० बजे