७ असार २०८३, आइतबार | Sun Jun 21 2026

१२७ जना नेपाली अफगानिस्तानबाट नेपाल आए



काठमाडौं ।
अफगानिस्तानबाट १ सय २७ नेपाली काठमाडौं आइपुगेका छन्। तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका हुन्।

अमेरिकी र क्यानडाली क्याम्पसहितका विभिन्न क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्किएका हुन्।

काबुल विमानस्थलबाट दोहा पुगेका उनीहरु दोहादेखि जजिरा एअरलाइन्सबाट मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  १० : ५७ बजे