२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बडिगाडका २७ घरमा बाढी पस्यो



बागलुङ ।
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ। निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो।

मंगलबार राति करिब १२ बजे बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए। राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो।

गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो। गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ।

खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन्। घटना र क्षतिको विवरण आउन बाँकी छ। पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ। विद्युत्‌का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  १ : १६ बजे