६ असार २०८३, शनिबार | Sat Jun 20 2026

शितगंगामा भाषा सम्पादन तथा फिचर लेखन तालिम



मायादेवी अनलाइन, बाणगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा सञ्चारकर्मीहरुका लागि भाषा सम्पादन तथा फिचर लेखन तालिमको शुभारम्भ भएको छ ।

बाणगंगा नगरपालिकाको सहयोगमा नगरभित्र र बाहिरका सक्रिय पत्रकारलाई शितगंगा नगरपालिकाको सभाहलमा तीन दिने तालिमको आयोजना गरिएको हो ।

मायादेवी मिडिया गु्रप प्रालिले आयोजना गरेको तालिम तीन दिनसम्म चल्ने छ । तालिमलाई नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा विश्वविद्यालयका उपप्रध्यापक, कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी र नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष तथा रेडियो बुद्धआवाजका स्टेशन म्यानेजर भेषराज पाण्डेले सहजिकरण गर्नुहुने जनाइएको छ ।

तालिमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पत्रकारितामा फिचर लेखन तालिम महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारले सुशासन र विकासमा कलम चलाउनुपर्ने भन्दै तीन दिने तालिमले अझ गहिरो रिर्पोटिङका लागि सघाउ पुग्ने बताउनुभयो । बाणगंगाका सञ्चार माध्यम र सञ्चारकर्मीको दक्षता निर्माणमा नगरपालिका सदैव लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

मायादेवी मिडियाका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटनसस्त्रमा प्रशिक्षक भेषराज पाण्डेले समेत तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

तालिममा फिचर लेखन र भाषा सम्पादन सम्बन्धि कार्यशाला गरिनेछ ।

प्रकाशित मिति : ६ असार २०८३ शनिबार ००:००  २ : ०३ बजे