२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

एमालेको अवरोधबीच दुई विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत



काठमाडौं ।
नेकपा एमालेको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। असोज २५ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित भएको हो।

शुक्रबारको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिने प्रस्ताव गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। एमालेको अवरोधका बीच सभामुखले निरन्तर बैठक अगाडि बढाइरहेका छन्।

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  २ : ३० बजे