८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मेस्सी चम्किँदा पिएसजीको जित




काठमाडौं ।

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे ।लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए ।खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।२८ औं मिनेटमा सिल्भाले गोल गर्दै लाइपजिगलाई १(१ गोलको बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा नोर्डीले गोल गर्दै लाइपजिगलाई २(१ को अग्रता दिलाए ।खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २(२ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ७४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३(२ को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।यस जितसँगै समूह ए को पीएसजीले ३ खेलमा ७ अंक जोडेको छ ।पीएसजी समूहको शीर्ष स्थानमा उक्लिएको छ । लाइपजिगको यो लगातार तेस्रो हार हो ।अंक विहीन लाइपजिग पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  ७ : ४५ बजे