२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अर्जुन बेल्बासे अध्यक्ष रहेको प्रेस सेन्टर कपिलवस्तुको नेतृत्व घोषणा



कपिलवस्तु ।
अर्जुन बेल्बासेको नेतृत्वमा प्रेस सेन्टर नेपाल कपिलवस्तुको २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा शनिबार भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।

जसको खुल्ला उपाध्यक्षमा भुपाल थापा, समावेशी उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा माधव बेल्बासे, सह सचिव (खुल्ला) मा रमेश गैरे, सह सचिव (समावेशी) मा शैलन्द्र श्रीमाल, कोषाध्यक्ष हरि घिमिरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको जनाइएको छ ।

अधिवेशनबाट संघको प्रतिनिधिमा चिन्ता परियार, राजेश चौधरी, मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन । साथै अधिवेशनले स्वेता गिरी, शैलेन्द्र श्रेष्ठ, दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ । प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति संयोजक एवं कार्यक्रमका प्रमुख अतिथी मानसिंह विकले पार्टी र संगठनको हितमा काम गर्न सुझावसहित निर्वाचित सबैमा शुभकामना दिनु भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कपिलवस्तु संयोजक विष्णु शाह, पत्रकार विभाग इन्चार्ज सरोज खनाल, प्रेस सेन्टर जिल्ला इन्चार्ज डिलाराम भुसाल, केन्द्रिय सदस्य मनिष कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ५ : ३१ बजे