८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो



काठमाडौं ।

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८ सोमबार ००:००  १० : २२ बजे