२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

नेकपा (एस) शिवराज नगर कमिटीको नगर भेला आज



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीको प्रथम भेला आज हुँदैछ । खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा आयोजना गरिएको नगर भेलाले नयाँ नेतृत्व चयन गर्ने उक्त पार्टीले जनाएको छ ।

नयाँ पार्टी पुर्नगठन गरेपछि पार्टी जिल्ला कमिटीले सरोज पौडेललाई नगर अध्यक्षको जिम्मेवारी दिएको थियो । अध्यक्ष पौडेल नेतृत्वले ११ वडा रहेको शिवराजमा ६ वडा कमिटी गठन गरिसकेको छ । आजको भेलामा एक वडा कमिटीसंगै सिंगो नगर कमिटी गठन हुने नेकपा (एस) का जिल्ला उप सचिव तथा प्रतिनिधि निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रिय इन्चार्ज ओमप्रकाश कुर्मीले जानकारी दिनुभयो ।

नेकपा (एस)को आधार क्षेत्रका रुपमा अगाडि बढेको शिवराजको नगर भेलालाई पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्री, केन्द्रीय सदस्य तथा कपिलवस्तु सह इन्चार्ज मीना परियार लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  ६ : ३८ बजे