४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सुरही खोलामा नुहाउने क्रममा डुबेर युवाको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुरही बृजमुनि रहेको खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवराज नगरपालिका–४ निवासी २६ वर्षीय विजय जयसवाल रहेका छन्। आज दिउँसो नुहाउन गएका जयसवाल खोलामा डुबेका थिए।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घटनापछि तत्काल खोजी गरी उनलाई खोलाबाट बाहिर निकालिएको थियो। उपचारका लागि आधारभूत अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरे ले शवलाई आधारभूत अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए

प्रकाशित मिति : १६ श्रावण २०८३ शनिबार ००:००  ८ : ५० बजे