१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

भीम रावलले एमाले अध्यक्ष पदमा ओलीसँग भिड्ने



काठमाडौँ ।

एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।
यसबारे आइतबार नै पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले उम्मेदवारी घोषणा गर्ने एमाले नेता झपट रावलले जानकारी दिए।
दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए।
एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए।
यसअघि एमालेभित्र माधव नेपाल खेमामा रहँदै आएका भीम रावल नेपालले नयाँ पार्टी स्थापना गरेपछि एमालेमै रहेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७८ आइतबार ००:००  १ : ४७ बजे