२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशन तयारीबारे छलफल हुने




काठमाण्डौँ ।
दसौं राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।उक्त महाधिवेशन तयारी तथा ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नेबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो। यसअघि सोमबार अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७८ मंगलबार ००:००  ९ : ५६ बजे