८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना नियन्त्रणमा सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री देउवा



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ।’

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्ने देउवाको विश्वास छ। कोरोनाको खोपको व्यवस्थापन गरेको बताउँदै सबै नागरिकलाई दुवै डोज खोप सरकारले तयारी गरिरहेको बताए। तेस्रो लहर धेरै तीव्र गतिमा फैलिएको हुनाले सचेत अपनाउन आग्रह गरे।

प्रकाशित मिति : १ माघ २०७८ शनिबार ००:००  २ : ३४ बजे