२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

१५ माघसम्म फिल्म हल तथा रात्रिकालीन व्यवसाय बन्द



काठमाडौं ।

सरकारले आगामी १५ माघसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ सम्म फिल्म हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखानाहरू बन्द गर्ने निर्णय गरेको बताए।
साथै पार्टी प्यालेसहरू प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, व्रतबन्धजस्ता धार्मिक सांस्कृतिक काम गर्न सक्नेछन्।

तर पार्टी प्यालेसले कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  ५ : ४८ बजे