७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जाडो बढेसंगै कपिलवस्तु अस्पतालमा बिरामी बढे



कपिलवस्तु ।

कपिलवस्तु लगायत देशभरका अस्पतालमा जाडोका कारण विभिन्न खाले रोगको संक्रमणका कारण उपचार गराउन आउने विरामीको भिड लागेको छ ।

चिसो बढ्दै जाँदा कपिलवस्तु लगायत देशभरका अस्पतालमा विरामीको भिड लागेको हो । कोरोना माहामारीका विच जिल्ला अस्पताल तौलिहवामा अगिपछि सरदर ८० देखी १ सयजना विरामी आउने गरेकोमा जाडोसँगै चिसो बढेपछि उपचार गराउन इर्मरजेन्सीमा बाहेक ओपिडीमा एकसय २० जनाको हाराहारीमा आउने गरेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।

दैनिक उपचार गराउन आउने विरामी मध्ये अधिकाँश महिला, बालबालिका, बृद्धबृद्धा छन्, जसमा झाडापखाला, जन्डिस, ज्वरो, टाईफाईड, लगायतका समस्या देखएका हुन् ।

कोरोना माहामारी विच चिकित्सकले जाडोबाट बच्न बासी–सडेगलेको खाना नखान, तातो झोलीलो खाना खान, पानी सकभर उमालेर पिउन, अत्यावश्यक काम बाहेक हिड्डुल नगर्न, भिडभाडमा नजान, न्यानो बाक्लो कपडा लगाउन सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  ५ : ०८ बजे