२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।

प्रकाशित मिति : ७ माघ २०७८ शुक्रबार ००:००  ७ : ४५ बजे