७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रचण्ड पत्निलाई कोरोना संक्रमण, अस्पताल भर्ना



काठमाडौँ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ।

दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाको लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्ड भने संक्रमण मुक्त भईसकेका छन्।

प्रकाशित मिति : ९ माघ २०७८ आइतबार ००:००  १२ : १५ बजे