६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बाँकेमा एक जना कोरोना संक्रमितको मुत्यु



बाँके ।

बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

दाङ शान्तिनगर गाउँपालिका(२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

बाँकेमा कोरोनाले मृत्युु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७८ बिहिबार ००:००  १ : ११ बजे