७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

खोप कार्ड अनिवार्यको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौँ ।

सरकारको खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्धमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।

सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको हो।

सरकारले पुस ३० मा खोप कार्ड बोकेर हिँड्न अनिवार्य गरेपछि खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको रिट निवेदकहरूको दाबी छ। रिट निवदेनमाथि बिहीबार सुनुवाइ हुँदैछ।

प्रकाशित मिति : २० माघ २०७८ बिहिबार ००:००  १ : १३ बजे