२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेकपा (एकीकृत) समाजवादीमा प्रवेश गरेका छन् । आइतबार जिल्ला पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराइएको हो ।

नेपाली काग्रेस कृष्णनगर वडा न ३ वडा सदस्य मोहमद जुवेर पठान, नेपाली काग्रेस सक्रिय सदस्य टिकाराम घिमिरे, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सचिवालय सदस्य अब्दुल हमिद वेग, नेकपा एमाले निकट अनेरास्ववियु वाणगंगा बहुमुखी क्याम्पस कमिटी कोषाध्यक्ष छवि न्यौपानेसहितका नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

उहाहरूलाई नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष गिता अन्जान, जिल्ला सचिवालय सदस्य कमल भट्टराई, सरोज पौडेल, अनेरास्ववियू उपाध्यक्ष सम्झना चौधरी लगाएतले टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रमको संचालन अनेरास्वावियू सचिव कमल वेल्वासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८ आइतबार ००:००  ६ : ५९ बजे